• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

काठमाडौँ । नुवाकोटको बेलकोटगढीमा स्कुल बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षका रुबिन रावल र २६ वर्षका स्वीकार राणा छन् । 

बेलकोटगढी नगरपालिका–८ स्थित सिर्खालीमा अर्किड एकेडेमीको बा.३ क ३७२२ नम्बरको बससँग बामगति प्रदेश–०२–०४४प ३६९२  र बागमती प्रदेश–०२–०४६ प १५२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको नुवाकोटका डीएसपी तिलक भारतीले रातोपाटीलाई बताए ।

मोटरसाइकलमा सवार रितिक तिवारी र उपकार थापा घाइते छन् । उनीहरूको त्रिशूली अस्पतालमा उपचार हुँदै छ ।

Adblock test (Why?)